मन्त्री गौतम देवले गरे दुई स्वतन्त्रता सेनानीको सालिग अनावरण

सिलगढी : सिलगढीको गुरूङ नगरस्थित वीर जवान चोकमा भानुभक्त समितिको आयोजनामा निर्माण गरिएको स्वतन्त्रता सेनानी नेताजी सुभाषचन्द्र बोस अनि मेजर दुर्गा मल्लको पूर्णाङ्क सालिगको राज्यका पर्यटन मन्त्री गौतम देवले विधिवत् रूपमा अनावरण गरे। यस अवसरमा केही महिनाअघि भारतीय सीमामा देशको सुरक्षाको निम्ति खटिएको समय शहीद भएका बाघडुग्रा निवासी वीर सुभाष थापाका परिवारका सदस्यहरूलाई आज कार्यक्रमबीच भानुभक्त समितिद्वारा मन्त्री देवको बाहुलीबाट 25 हजार रुपियाँ सहयोग राशि प्रदान गरियो।


सुभाष चन्द्र बोसको 123औँ जन्मदिनको उपलक्ष्यमा भानुभक्त समितिद्वारा एउटा सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरियो। यस अवसरमा राज्यका पर्यटन मन्त्री गौतम देव, सिलगढी नगरनिगमका मेयर अशोक भट्टाचार्य, डेपुटी मेयर रामभजन महतो, सिलगढीका पूर्व विधायक रुद्रनाथ भट्टाचार्य, पूर्व एडीएम गोपाल लामालगायत भानुभक्त समितिका सदस्य एवम् अन्य व्यक्तिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *