मारवारी युवा मञ्च-ले ‘अपना घर’ वृद्धाश्रमका वृद्धाहरूसित मनायो दुर्गोत्सव

सिलगढी : मारवारी युवा मञ्च सिलगढी शाखाले पुजालाई ध्यानमा राखेर अपना घरवृद्धाश्रममा गएर वृद्धाहरूसित उत्सवको आनन्द उठायो। मारवारी युवा मञ्चको तर्फबाट आश्रमका महिलाहरूलाई साड़ी, पुरुषहरूलाई धोती, प्यान्ट शर्ट प्रदान गरियो। यसको साथै वृद्धाहरूलाई दिनको खानाको व्यवस्था पनि गरिएको थियो। शाखा अध्यक्ष गोपाल शर्माले बताएअनुसार प्रत्येक वर्ष मारवारी युवा मञ्चका सदस्यहरूले अपना घर-का वृद्धाहरूलाई दुर्गा पुजाको दर्शन गराउने गरे तापनि यस वर्ष कोभिड 19-लाई ध्यानमा राखेर वृद्धाआश्रममै वृद्धाहरूसित दुर्गोत्सवको आनन्द उठाएको बताए। यस अवसरमा कोषाध्यक्ष दीपेश मुरारका, मनोज अग्रवाल, आशु अग्रवाल, गणेश जिन्दल, विशाल जैन, ललित अग्रवाल उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *