मतिगढामा अज्ञात व्यक्तिको शव उद्धार

सिलगढी : मतिगढा थाना अन्तर्गत पर्ने साइन्स सेन्टर नजिक जलाशयबाट अज्ञात व्यक्तिको शव उद्धार भएको छ। तथापि, खबर लेखुञ्जेलसम्म व्यक्तिको परिचय जुटाउन सकिएको छैन। आज बिहान उक्त इलाकामा केही दुर्गन्ध आएपछि स्थानीय मानिसहरूले मतिगढा पुलिसलाई यसबारे जानकारी गराए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर जाँच गर्दा जलाशयबाट शव भेट्टाइएको बताइएको छ। यसपछि पुलिसले उक्त शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। उक्त शव लगभग एक-दुई दिन पुरानो हुनसक्ने पुलिसले प्राथमिक अनुमान लगाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *