मेची नदीबाट शव उद्धार

नक्सलबारी : नक्सलबारी थाना अन्तर्गत पर्ने मेची नदीमा डुबेर शुक्रबार एकजना व्यक्तिको मृत्यु भएको समाचार प्राप्त भएको छ। मृतक व्यक्ति नक्सलबारीको शान्तिनगर निवासी नारायण मण्डलको रूपमा चिन्हित भएको पुलिस सूत्रले जनाएको छ। शुक्रबार नारायणको शव मेची नदीबाट उद्धार गरेर पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा पठाएको नक्सलबारी थाना प्रभारी सुजीत दासले बताए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.