मेची नदी किनारबाट दुईवटा बाईक उद्धार

खोरीबारी : लोहागढ़ चिया कमान नजिक मेची नदीको किनारबाट पानीघाटा पुलिसले दुईवटा मालिक विहिन मोटर बाईक उद्धार गरेको छ। पानीघाटा थाना प्रभारी तपन दासले दिएको जानकारी अनुसार स्थानीय मानिसहरूले लोहागढ़ चिया कमान नजिक मेची नदी किनारमा लावारिस दुईवटा बाईक राखिएको सूचना दिएपछि घटनास्थलमा गएर उक्त दुईवटा बाईक उद्धार गरेको छ। उद्धार गरेको यी दुईवटा बाइकको नम्बर क्रमैले डब्ल्यू बी- 74U 6106 र डब्ल्यू बी 74AV 6966 रहेको बताइएको छ। फेला परेको दुवैवटा बाइक पानीघाटा थानामा ल्याइएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.