मेडिकल कलेजको कलको मरमती साथै साफ सफाई

सिलगढी :  उत्तरबंगाल मेडिकल कलेज एवम् अस्पतालमा पिउने पानीको कल भत्किएपछि बेहाल अवस्थामा रहेको थियो। मारवाड़ी युवा मञ्चका सदस्यहरूले आज उक्त भत्किएको कलको मरमती गर्नको साथै यसको साफ-सफाई पनि गरे। गत केही दिन अघिदेखि उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा रहेको उक्त पिउने पानीको कल भत्किएपछि बेहाल अवस्थामा रहेकोले गर्दा मानिसहरूले असुविधाको सामना गर्दै आइरहेका थिए। यसैले मारवाडी युवा मञ्चका सदस्यहरूले रोगी तथा रोगीका परिवारका सदस्यहरूलाई सुविधा होस् भन्ने उद्देश्य लिएर उक्त कलको मरमती गर्नको साथै साफ सफाई पनि गरिदिएको बताइएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.