सिलगढ़ी: दार्जिलिङ जिल्ला पश्चिम बङ्गाल ग्रूप-डी सरकारी कर्मचारी संगठनको आयोजनामा आज उत्तर बङ्गाल मेडिकल कलेज- अस्पतालको ब्लड ब्याङ्कमा रक्तदान शिविरको आयोजना गरियो। यस अवसरमा मेडिकल कलेजका प्रबन्धक कौशिक समजदार, सङेगठनका जिल्ला सचिव अभिनाश मोदक लगायत अन्य पदाधिकारीहरू उपस्थित थिए। उक्त रक्तदान शिविरमा मोठ 60 जनाले रक्तदान गरेको 60 युनिट रगत मेडिकल कलेजको ब्लड ब्याङ्कलाई प्रदान गरियो। यसको साथै स्वेच्छाले रक्तदान गर्नेहरूलाई संगठनका जिल्ला स्तरीय नेताहरूको बाहुलीबाट फुलको गुच्छा प्रदान गरियो।