मेयर भट्टाचार्यद्वारा डेङ्गु सम्बन्धी प्रचार  

सिलगढी : सिलगढीका मेयर अशोक भट्टाचार्यले शनिबार डेङ्गु सम्बन्धमा जागरूकता फैलाउने उद्देश्य लिएर आफ्नै वार्डबाट प्रचार शुरू गरे। सिलगढी नगरनिगमले अगस्त महीनालाई डेङ्गुको प्रादुर्भावको लागि चिन्हित गरेको छ। यस महीनामा मानिसहरू मच्छरजनित धेरै रोगहरूले ग्रसित हुने गर्दछ। यसैकारण नगरनिगमद्वारा यस महीनामा डेङ्गु सम्बन्धमा जागरूकता फैलाउन विशेष जोर दिइरहेको छ। सिलगढी नगरनिगमको 6 नम्बर वार्डमा शनिबार जागरूकता कार्यक्रमको आयोजना गरियो। यस कार्यक्रममा विशेष गरेर विद्यार्थीहरूलाई डेङ्गु सम्बन्धी जागरूक गराउनको साथै वार्डका नागरिकहरूलाई लिफलेट पनि वितरण गरियो। यसको साथै उक्त इलाकामा ब्लीचिङ पाउडर आदि छर्किएको बताइएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.