मिलावटी खाद्य सामग्रीहरूको बिक्रीविरुद्ध अभियान

कुचबिहार : मिलावट गरेको खाद्य सामग्रीहरूको बिक्रीमा रोक लगाउने उद्देश्य लिएर दिनहट्टा नगरपालिका र फुड सेफ्टी विभागका टोलीले दिनहट्टाको विभिन्न दोकानहरूमा बुधबार अभियान चलायो। बुधबार बिहान दिनहट्टा नगरपालिकाका कर्मचारीहरूलगायत फुड सेफ्टी अधिकारी तापस सरकार सहरका धेरै दोकानहरूमा गएर खाद्य सामाग्रीहरूको गुणवत्ताको परीक्षण गरे। यसको साथै फुड लाइसेन्सलगायत अन्य आवश्यक कागजहरूको पनि जाँच गरे। उक्त निरीक्षण अवधि धेरैजसो दोकानहरूले खाना बनाउन लापर्वाही गरेको देखेर फुड सेफ्टी अधिकारीले दोकान मालिकहरूलाई सतर्क गराए। भविष्यमा पनि उक्त अभियान जारी रहने बताइएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.