मङपुमा मैला-कुचैला तथा सड़कको सफाई अभियान

मङ्पु: मङ्पुमा आगामी ३० अनि ३१ अक्टोबरको दिन हुने दिपावली खेलकुद समारोहलाई लक्ष्य गर्दै आरटी वेलफेयर सोसाइटी अनि सेन्ट एन्थोनीको संयुक्त प्रयासमा यहाँको नालीडाँडादेखि जन मैदानसम्म पुग्ने सडकहरुमा फ्याँकिएको प्लास्टिक, मैला-कुचैला आदि सफाई कार्य गरियो। मङपुलाई प्लास्टिकमुक्त राख्ने उद्देश्यमा चलाइएको उक्त सफाई अभियानमा मङपु जन मैदानमा सम्पन्न भइरहेको गोल्ड कप टुर्नामेन्ट अवधि फ्याँकिएका मैला, प्लास्टिक साथै हाउसीले बढ़ाएको मैला- कुचैलाहरुलाई पनि आरटी वेलफेयर सोसाइटीका सदस्यहरू साथै सेन्ट एन्थोनी स्कूलका शिक्षक,-शिक्षिकागण लगायत स-साना नानीहरुद्वारा सफाई गरियो।


यसको साथै यी दुवै समुहले आउँदो दिनहरुमा फोहोर, मैला जथाभावी नफ्याँकिदिने अनि जल्ने र नजल्ने प्लास्टिकहरू सठीक स्थानमा फ्याँकीदिने पनि सबैसँग अपिल गरेको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.