मुख्यमन्त्री ममताद्वारा खरसाङको नेताजी म्युजियमको निरीक्षण

खरसाङ: मुख्यमन्त्री ममता ब्यनर्जीले खरसाङको गिद्ध पहाडस्थित नेताजी म्युजियमको निरीक्षण गरिन्। उनी हिज जस्तै आज पनि बिहान 10 किलोमीटर पैदल यात्रा गर्दै महानदीसम्म पुगिन् । यसै क्रममा फर्किँदा यहाँको गिध्द पहाड़स्थित नेताजी म्युजियममा पुगेर स्थलगत निरीक्षण गरिन् । उनले सर्किट हाउसदेखि 1 किलोमीटर टाड़ोमा रहेको नेताजी म्युजियम पुगेर भित्री भागको पनि परिदर्शन गरिन्। म्युजियमको बाहिरपट्टि रहेको नेताजी सुवासचन्द्र बोसको मूर्तिमा तिनले खदार्पण पनि गरिन् भने म्युजियमको भित्रपट्टि गएर चिया पनि पिइन्।


मुख्यमन्त्री ममता ब्यनर्जी सधैं नेताजी जयन्तीको दिन पहाड़ आएर नेताजी जयन्ती दार्जीलिङमा नै मनाउने गर्थिन् तर यसपाली मुख्यमन्त्री ममता ब्यानर्जी खरसाङको गिद्ध पहाडस्थित सर्किट हाउसमा दुई दिन बसिन् अनि पहिलो दिन बिहान पैदल यात्रा गर्दै महानदीसम्म पुगे पनि नेताजी म्यूजियम गएनन् । तर दोस्रो दिन भने उनी बिहान पैदल यात्रा गर्दै महानदी पुगेर फर्किँदा गिध्द पहाड़स्थित नेताजी म्युजियमको परिदर्शन गर्न गएकी छन् । मुख्यमन्त्रीले पहिलोपल्ट खरसाङको गिद्ध पहाडस्थित नेताजी म्युजियममा गएर निरीक्षण गरेकी छन् ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.