नाबालिकालाई अपहरण गरेको आरोपमा युवक पक्राउ

सिलगढ़ी: एउटी नाबालिकालाई अपहरण गरेको आरोपमा पुलिसले मंगल राय नाम गरेका एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने व्यक्ति एनजेपीको जनतापाड़ा इलाका निवासी रहेको बताइएको छ। प्राप्त जानकारी अनुसार गत 29 जनवरीको दिन मंगल रायले सिलगढ़ी साउथ कोलोनी मजदुर बस्तीको एउटी नाबालिकालाई विभिन्न प्रलोभन देखाएर फकाई-फुस्ल्याइँ भगाएर साथमा लिएर गएका थिए। उक्त नाबालिकालाई सिलगढ़ीदेखि अन्यत्र कतै लैजान अगावै पुलिसले मंगल रायलाई पक्राउ गरेको छ। पक्रा परेका आरोपीलाई आज जलपाईगढ़ी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *