नगरकट्टामा विश्व आदिवासी दिवस पालन

नगरकट्टा : विश्व आदिवासी दिवस डुवर्सको नगरकट्टास्थित बस स्ट्याण्ड परिसरमा विविध रंगारंग कार्यक्रमहरूको साथमा पालन गरियो। ट्राइबल युथ कल्चरल एण्ड डेभलोपमेन्ट एसोसिएशन अनि उत्तर बंग आदिवासी विकाश परिषद्को संयुक्त आयोजनामा सम्पन्न विश्व आदिवासी दिवस कार्यक्रममा तृणमूलका क्षेत्रिय विधायक शुक्रा मुण्डा, नगरकट्टाका खण्ड विकाश अधिकारी सुश्री स्मृति सुब्बा प्रमुख रूपले उपस्थित थिए। यसबाहेक कार्यक्रममा डुवर्स तराई क्षेत्रका आदिवासी समुदायका मानिसहरू धेरै संख्यामा भेला भएका थिए।


यस अवसरमा आयोजक समितीको तर्फबाट संजय कुजुरले खण्ड विकाश अधिकारी सुश्री स्मृति सुब्बालाई एउटा ज्ञापन पत्र चढाए। उक्त ज्ञापनमा स्थानीय चियाकमान क्षेत्रका मानिसहरूलाई पर्जा पट्टा वितरण गरिनु पर्ने, न्युनतम रोज लगायत असल शिक्षा अनि उचित स्वास्थ सेवा उपलब्ध गराउनु पर्ने माग उल्लेख गरिएको बताइएको छ। विविध लोक सांस्कृतिक तथा अन्य कार्यक्रमहरू बिच जलपाइगढीका मेन्टर अमरनाथ झा अनि नगरकट्टा खण्ड विकाश अधिकारी सुश्री स्मृति सुब्बालाई आयोजक समितिको तर्फबाट सम्बर्द्धना जनाइयो। यस क्षेत्रका विभिन्न चियाकमानबाट आएकाहरूले आ-आफ्नो विविध सांस्कृतिक कार्यक्रमहरू पनि खुबै रोचक ढङ्गमा प्रस्तुत गरे।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.