नाइजिरियाको फिस फेस्टिभलको स्वरूपमा तरूण संघको काली पुजा

सिलगढी : सिलगढीको आश्रमपाड़ास्थित तरूण संघले यस वर्ष 65औँ कालीपुजा मनाइरहेको छ। यस वर्ष पुजाको मूख्य आकर्षण नाइजिरियाको फिस फेस्टिभल रहेको छ। क्लबको तर्फबाट नान्टु पालले यस वर्षको पुजा बजट लगभग 45 लाख रुपियाँ रहेको साथै पुजा पण्डालमा विशेष आलोकसज्जाको व्यवस्था गरिएको बताए। दुर्गापुरका कलाकारले उक्त क्लबको मूर्ति बनाइरहेको अनि पण्डाल कांथीका कलाकरहरूले निर्माण गरिरहेको छ। आगामी 26 अक्टोबरमा पुजाको शुभारम्भ गरिने छ भने आगामी 30 अक्टोबरको दिन सांस्कृतिक कार्यक्रमको माध्यमद्वारा प्रतिमा विसर्जन गरिने तिनले बताए। यसबाहेक संगठनको तर्फबाट काली पुजापछि सडकमा घुमिहिँड्ने कुकुरहरूको नसबन्दी, नेत्र जाँच शिविरलगायत विभिन्न खेल प्रतियोगिताहरूको पनि आयोजना गरिने भएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.