नानी चोरको सन्देहमा गणधुलाई

नक्सलबारी : नक्सलबारीमा एकपल्ट फेरि नानी चोरको सन्देहमा स्थानीय मानिसहरूले एकजना व्यक्तिलाई कुट-पीट गरेको घटना प्रकासमा आएको छ। नक्सलबारी थाना प्रभारी सुजीत दासले बताए अनुसार बाहिरबाट नक्सलबारी घुम्न आएका एकजना व्यक्तिलाई स्थानीय मानिसहरूले नानी चोरको आशंकामा पक्रेर कुट-पीट गरे। घटनाबारे स्थानीय मानिसहरूले पुलिसलाई अवगत गराएपछि पुलिस घटनास्थलमा पुगेर उक्त व्यक्तिलाई सोध-खोज गर्नको साथै थानामा साथमा लिएर गएको बताइएको छ। स्मरण रहोस्, हाल उक्त क्षेत्रमा नानी चोरको अफवाहले गर्दा गाँउलेहरू त्रासित बन्न पुगेका छन्।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.