नानी चोरको सन्देहमा गणधुलाई

कुचबिहार : नानी चोरको सन्देहमा एकजना व्यक्तिलाई गणधुलाई गरेको घटना प्रकाशमा आएको छ। उक्त घटना कुचबिहार दुई नम्बर प्रखण्डस्थित बानेश्वर सिद्धेश्वरी इलाकामा घटेको हो। घाइते व्यक्ति श्रीरामपुर निवासी अमीन सोरेनको रूपमा चिन्हित भएको छ। प्राप्त जानकारीअनुसार अमीन माछा मार्नका लागि बानेश्वर सिद्धेश्वरी इलाकामा गएको साथै तिनीसित एउटा खुकुरी पनि रहेको बताइएको छ। स्थानीय मानिसहरूले तिनलाई नानी चोरको सन्देहमा पक्रेर गणधुलाई गरेको जान्नमा आएको छ। घटनाको खबर पाएर पुण्डीबाड़ी पुलिस घटनास्थलमा पुगेर घाइते व्यक्तिलाई उद्धार गरेर कुचबिहार सरकारी मेडिकल कलेज एवम् अस्पतालमा भर्ना गरे। यस मामिलामा पुलिसले एकजना व्यक्तिलाई पक्राउ गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.