नवान्नमा मुख्यमन्त्रीले 11 नोभेम्बर प्रशासनिक बैठक गर्ने

कोलकाता: आउँदो वर्ष हुने निकाय चुनाउलाई ध्यानमा राखेर मुख्यमन्त्री ममता ब्यानर्जीले राज्य सचिवालय नवान्नमा आगामी 11 नोभेम्बरको दिन एउटा प्रशासनिक बैठकको आयोजना गरेको छन्। उक्त प्रशासनिक बैठकमा राज्य सचिव, मन्त्रीगण लगायत जिल्लाका प्रशासनिक अधिकारीहरू उपस्थित रहने छन्। यस अवधि मुख्यमन्त्रीले सबै विभागीय अधिकारीहरूलाई तिनीहरूको कार्यको आधारमा रिपोर्ट कार्ड पनि पेश गर्ने भएको छ। नवान्न सूत्र अनुसार जुन विभागको प्रदर्शन राम्रो हुनेछ, त्यसलाई राज्य सरकारले आगामी वर्ष अधिक रुपियाँ आवन्टित गर्ने भएको छ। यसवाहेक, बैठक अवधि सबै विभागको कार्यहरूको समीक्षा पनि गरिनेछ। नवान्नमा आगामी 11 नोभेम्बरको बैठक पछि मुख्यमन्त्री ममता ब्यानर्जी 13 नोबेम्बरको दिन कुचबिहार प्रस्थान गर्नेछिन्।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.