नक्सलबारी क्षेत्रमा तिरपल वितरण

खोरीबारी : दार्जिलिङका सांसद राजु विष्टको सहयोगमा सिलगढीको नक्सलबारीका केही ठाउँहरूमा आवश्यकमन्द मानिसहरूलाई शुक्रबार तिरपल वितरण गरियो। भाजपा नक्सलबारी मण्डल कमिटीका अध्यक्ष दिलीप बारोईले दिएको जानकारीअनुसार नक्सलबारी क्षेत्रको दक्षिण कोटियाजोत, सातभइया, शान्तिनगर तथा हात्तीघिसा आदि ठाउँहरूका मानिसहरूलाई तिरपल वितरण गरियो। यस अवसरमा भाजपा नक्सलबारी मण्डल कमिटीका अध्यक्ष दिलीप बारोई, कोषाध्यक्ष पङ्कज घोष, जिल्ला कमिटी सदस्य नारायण कुण्डुलगायत अन्य कार्यकर्ताहरू उपस्थित थिए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.