नक्सलबारीमा 15 परिवार तृणमूलमा सामेल

नक्सलबारी : नक्सलबारी अञ्चल अन्तर्गत पर्ने सतभैया बुथ नम्बर 25/80 -को 15 परिवार तृणमूल कांग्रेसमा सामेल भएको छ। नक्सलबारी 2 तृणमूल कांग्रेस पार्टी अध्यक्ष प्रिथिविस राय र नक्सलबारी अञ्चल तृणमूल कांग्रेस पार्टी अध्यक्ष अरुण घोषले यी नयाँ सदस्यहरूलाई दलीय झण्डा प्रदान गरेर आफ्नो पार्टीमा स्वागत जनाए। एनआरसी तथा अन्य विषयलाई केन्द्र गरेर सतभैया इलाकाको 15 परिवार अन्य पार्टी छोड़ेर तृणमूल कांग्रेसमा सामेल भएको अध्यक्ष नक्सलबारी अञ्चल तृणमूल कांग्रेसका अध्यक्ष अरुण घोषले बताए। अर्कोतिर, पार्टीमा सामेल हुने नयाँ सदस्यहरूले तृणमूल सरकारले जनहितको लागि धेरै कार्यहरू गरिरहेकोले गर्दा नै आफूहरू प्रेरित भएर तृणमूलमा सामेल भएको साथै आफूहरूले पनि पार्टी हितको लागि हर सम्भव कार्य गर्ने बताए। यस अवसरमा नक्सलबारी 2 तृणमूल कांग्रेस पार्टी अध्यक्ष प्रिथिविस राय, नक्सलबारी अञ्चल अध्यक्ष अरुण घोष, वीरेन सरकारलगायत धेरै संख्यामा कार्यकर्ताहरू उपस्थित थिए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.