नक्सलबारीमा फुलपाती शोभायात्राको आयोजना

सिलगढी : नक्सलबारी गोर्खा दुःख निवारक समितिको तर्फबाट शनिबार सप्तमीको शुभ अवसरमा फुलपाती शोभायात्रा निकालिइयो। सप्तमीको दिन प्रत्येक वर्ष गोर्खा दुःख निवारक समितिको तर्फबाट फुलपाती शोभायात्रा निकालिने गोर्खा दुःख निवारक समितिको टिकाराम दहालले बताए। उक्त शोभायात्रा नक्सलबारी भानु चोकबाट शुरू गरेर खेम्ची काली मन्दिर हुँदै घतानी मोड़सम्म निकालियो। यस शोभायात्रामा लगभग पाँच सयजना मानिसहरूले भाग लिएका थिए। उक्त कार्यक्रममा जीडीएनएसका हरी शर्मा, केशव शर्मा लगायत अन्य व्यक्तिहरू पनि उपस्थित थिए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.