निःशुल्क शिविरसँगै बस अनि चित्र बनाऊ प्रतियोगिताको आयोजना

सिलगढी : सिलगढीको एसएफ रोडस्थित सिद्धेश्वरी कालीबाडी परिसरमा अन्तर्राष्ट्रिय शान्ति पोस्टर प्रतियोगिताको आयोजना गरियो। प्रत्येक वर्ष लायन्स क्लबको तर्फबाट उक्त कार्यक्रमको आयोजना गर्ने गरिन्छ। यस वर्ष पनि लायन्स क्लब अफ् सिलगढीको सञ्चालनमा मिलनपल्ली स्पोर्टिङ क्लब र सिद्धेश्वरी कालीबाडीको सहयोगमा आज उक्त कार्यक्रमको आयोजना गरेको हो। यसबाहेक निःशुल्क नेत्र जाँच अनि स्वास्थ्य जाँच शिविरको पनि आयोजना गरियो। उक्त शिविरमा लायन्स क्लबका चिकित्सकहरूले मानिसहरूको स्वास्थ्य जाँच गरे। अर्कोतिर, तीन विभागहरूमा आयोजना गरिएको बस अनि चित्र बनाऊ प्रतियोगितामा मोठ 150 जना प्रतियोगीहरूले अंश ग्रहण गरेका थिए। नेत्र जाँच शिविरमा 5 जना रोगीलाई मोतियाबिन्दुको अपरेशनको लागि चयन गरियो। कार्यक्रमको अन्तमा सिद्धेश्वरी कालीबाडी परिसरमा प्रसाद वितरण गरियो।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.