एनजेपीदेखि कोलकातागामी ट्रेनहरू रद्द

सिलगढी : एनआरसी तथा क्याब-को विरोधमा हाल राज्यभरिकै विभिन्न ठाउँहरूमा विरोध प्रदर्शनी, पथ अवरोध, र्‍यालीलगायत हिंसात्मक घटनाहरू भइरहेकोले गर्दा एनएफ रेलवेले एनजेपीदेखि कोलकतागामी सबै ट्रेनहरू रद्द गरिदिएको छ।



ट्रेनहरू रद्द भएपछि मानिसहरू समस्यामा परेका छन्। प्राप्त जानकारीअनुसार अधिकजसो यात्रीहरू चिकित्सकसँग परामर्श लिनका लागि बाहिर जाने उद्देश्य लिएर आएकाहरूलाई यसरी ट्रेन परिसेवा अचानक रद्द भएको घोषणाले निक्कै असुविधा भइरहेको छ। तथापि रेलवे विभागले यात्रीहरूलाई टिकटको रकम फिर्ता गरिदिने घोषणा गरेको छ।

 

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.