एनआरसी अनि सीएए-को विरोधमा दार्जिलिङमा विराट र्‍याली

दार्जिलिङ : एनआरसी र सीएए-को विरोधमा आज दार्जिलिङमा गोर्खा जनमुक्ति मोर्चाले एउटा विराट र्‍यालीको आयोजना गर्यो। गोजमुमो 2-को आयोजनामा आज बिहान लगभग नौ बजेदेखि उक्त र्‍याली दार्जिलिङबाट शुरू गरेर खरसाङसम्म पुग्ने भएको छ। उक्त र्‍यालीमा उपस्थित सबैले कालो पट्टी बाँधेर सीएए र एनआरसीको विरोधमा लेखिएको प्ला कार्डहरू हातमा बोकेका थिए। गोजमुमो अध्यक्ष विनय तामाङको नेतृत्वमा निकालिइएको उक्त र्‍यालीमा जीटीए चेयरम्यान अनित थापा, गोर्खा जनमुक्ति युवा मोर्चा अध्यक्ष अमृत योञ्जनलगायत अन्य शीर्ष नेतृत्वहरू एवम् धेरै संख्यामा मानिसहरू उपस्थित थिए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.