एनआरसी विरोधी यात्रा भोली सिलगढीमा

सिलगढी : सिलगढीमा शुक्रबार जोइन्ट फोरम अगेन्स्ट एनआरसी संयुक्त मञ्चको तर्फबाट एनआरसी विरोधी यात्रा शुरु गरिने भएको छ। प्राप्त जानकारी अनुसार उक्त यात्रा भोली बसको माध्यमद्वारा सुकनादेखि शुरू गरिनेछ जसमा लगभग 50 देखि 60 जना मानिसहरू सामेल हुनेछन्। उक्त यात्रा सुकनादेखि शुरू भएर बाघाजतिन पार्कमा पुगेपछि बेलुकि विधायक अली रहमान रमज अनि सीपीआई नेता कन्हैया कुमारले बाघाजतिन क्लब हलमा मानिसहरूलाई एनआरसी विरोधमा सम्बोधन गर्दे एनआरसीबाट हुने समस्याहरूलाई लिएर मुख्य रूपमा आफ्नो वक्तव्य राख्ने छन्। प्राप्त जानकारी अनुसार कोलकात्तामा गत 15 अगस्तदेखि नै एनआरसी विरोधी यात्रा शुरु भएको थियो। जोइन्ट फोरम अगेन्स्ट एनआरसी संयुक्त मञ्चको तर्फबाट पहाड़देखि समुद्र अर्थात उत्तर बङगालदेखि दक्षिण बङ्गालसम्म विरोधी यात्रा निकालिने भएको छ। यसलाई लिएर शुक्रबार सिलगढीमा एनआरसी विरोधी यात्रा शुरू गर्नको साथै एउटा जन सम्मेलनको पनि आयोजना गरिने भएको जोइन्ट फोरम अगेन्स्ट एनआरसी संयुक्त मञ्चको संयोजक प्रसेनजीत बसुले जानकारी दिएका छन्।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.