एनआरसीको विरोधमा तृणमूलको र्‍याली

अलिपुरद्वार : तृणमूल कांग्रेसको भोल्का बारोभिसा 1 नम्बर कमिटीको आयोजनामा आज कुमारग्राम ब्लकको बारोभिसामा एनआरसीको विरोधमा एउटा विरोध र्‍याली निकालिइयो। यहाँको बारोभिसा पार्टी कार्यालयबाट निकालिएको उक्त विरोध र्‍यालीले सहरको विभिन्न पथहरूको परिक्रमा गरेपछि अन्तमा बारोभिसा चौपथीमा पुगेपछि पथ सभामा परिणत भयो। उक्त पथसभामा कुमारग्राम ब्लक तृणमूल अध्यक्ष धीरेश चन्द्र रोय, भोल्का बारोभिसा 1 नम्बर जोनल अध्यक्ष रतन चन्द्र पण्डित, भोल्का बारोभिसा 2 नम्बर जोनल सभापति सुबल चन्द्र दासलगायत अन्य उपस्थित थिए। तृणमूल नेता धीरेश चन्द्र रोयले पथसभालाई सम्बोधन गर्दै एनआरसीले मानिसहरूमा आतङ्क फैलिरहेको आरोप लगाउँदै तिनले यसैले एनआरसीको विरोधमा आज र्‍याली निकालिएको जानकारी गराए।


 

 


 

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.