एनआरसी-को सूचीबाट दार्जिलिङका कुनै पनि गोर्खाको नाम छुटिने छैन : राजु विष्ट

मङपु : मङपु गोरामुमो पार्टीको आयोजनमा मंगलबार स्थानीय बस स्ट्यान्डमा कैलाश पाख्रीनको अध्यक्षतमा सम्पन्न अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै दार्जिलिङ लोकसभा सांसद राजु विष्टले सिन्कोना उद्योगलाई राज्य सरकार र जीटीएले चलाउनु सक्दैन भने केन्द्र सरकारलाई हस्तान्तरण गरियोस्, यसलाई हामी चलाउने छौँ भनी बताए। मोदीले गोर्खाको सपना पाँच वर्षभित्र अवश्य पुरा गर्ने दाबी गर्दै एनआरसी-ले खाँटी भारतीय गोर्खाहरूलाई केही नबिगार्ने साथै एनआरसी बंगालमा लागू नभए हामीलाई नोक्सान हुने तिनले बताए। यसको साथै तिनले दार्जिलिङबाट एकैजना पनि खाँटी गोर्खाको नाम एनआरसीबाट छुटिने छैन भनी दाबी गरे। दार्जिलिङका सांसद विष्ट भोलि नै असम गएर त्यहाँका एनआरसी पीडित गोर्खाहरूलाई भेट्ने भएको तिनले जानकारी गराए।


यसरी नै भूतपूर्व विधायक तथा गोरामुमो नेता एनबी छेत्रीले मङपुको जन मैदानलाई स्टेडियम बनाउनु पर्ने अनि सिन्कोना बगान श्रमिकको निम्ति ईएसआई अस्पताल मङपुमा नै निर्माण गरिनु पर्ने लगायत सिन्कोना बगान र वन-बस्तीको विभिन्न समस्याको समाधान गरिदिने माग गर्दै सांसद राजु विष्टलाई आज एउटा ज्ञापन पत्र पनि चढ़ाए। आजको सभामा गोजमुमो बिमल पन्थी नेता लोप्साङ लामा अनि दार्जिलिङका भाजपा विधायक निरज जिम्बाले पनि सम्बोधन गरे। सभामा भाजपा दार्जिलिङ जिल्ला सभापति मनोज देवान, गोरामुमो नेता तिलकचन्द्र रोकालगायत गोरामुमो पार्टीका धेरै संख्यामा कार्यकर्ताहरू पनि उपस्थित थिए।


 

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.