पश्चिम बंग रोगी सहायक समितिको सभा

 सिलगढी : पश्चिम बंग रोगी सहायक समिति तथा दार्जीलिङ जिल्ला कमिटीको तत्ववाधानमा मंगलबार एउटा सभाको आयोजना गरियो। उक्त सभामा रोगी सहायक केन्द्रका कार्यरत सदस्यहरूले रोजगारसँग सम्बन्धित मुद्दाबारे चर्चा-परिचर्चा गरे। यस सम्बन्धमा रोगी सहायक समितिका सदस्या मिली दासले रोगी सहायक केन्द्रमा कार्यरत सदस्यहरूको रोजगारबारे अनिश्चिततालाई लिएर सदस्यहरू चिन्तित रहेको बताइन्। यसबारे उत्तर बंग मेडिकल कलेज एवम् अस्पतालका अधीक्षक कौशिक समाजदारले जाँच गर्ने आश्वासन दिएका छन्।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.