सिलगढी: सिक्किमका मुख्यमन्त्री प्रेम सिंह गोले आज बुधबार अपरान्ह फाँसीदेवाको लेउसीपोखरीस्थित पहाड़ी माताको मन्दिरमा पुगेर पुजा-पाठ गरे। यहाँ सम्पन्न भइरहेको 10 दिवसीय पुजाको अन्तिम दिन आज तिनले लगभग 4 घन्टासम्म पुजा-पाठमा अंश ग्रहण गरे। त्यहाँ तिनले 11 जना साना कन्ने नानीहरूलाई देवी सम्झेर खदा अनि टिका लगाइ दिएर पूजा-अर्चना गर्नको साथै तिनीहरूलाई भेटी पनि दिए। यस अवसरमा पुजा कमिटीले विविध धार्मिक कार्यक्रमहरूको पनि आयोजना गरिएको थियो। पत्रकारहरूले सोधेको प्रश्नको जवाबमा मुख्यमन्त्री गोलेले आफु प्रत्येक वर्ष यहाँको पहाड़ी माताको मन्दिरमा पुजा गर्न आउने गरेको बताए।