पहाडमा सबैलाई चाँडै भ्याक्सिन उपलब्ध गराउनु पर्छ: सन्दिप छेत्री

बिजनबारी: कोरोनाको भ्याक्सिन तयार गरेर भारत सरकारले विदेशमा पठाएकोले गर्दा नै अहिले भ्याक्सिनको कमी भइरहेको गोजमुमो महकुमा प्रवक्ता सन्दिप छेत्रीले आरोप लगाउँदै सरकारले दार्जिलिङ पहाडमा पनि यथाशीघ्र चाहिने जति भ्याक्सिन उपलब्ध गराउनुपर्ने तिनले अनुरोध गरेका छन्। अर्कोतिर, भारत सरकारले सरकारी योजनाहरुमा पनि राजनीति गरिरहेको बताउँदै भाजपा शासित प्रदेशहरुको तुलनामा अन्य प्रदेशलाई सौतेली व्यवहार गरेको तिनले आरोप लगाएका छन। बिजनबारी ग्रामीण अस्पतालमा आज भ्याक्सिन लगाउन आइपुगेका सन्दिप छेत्रीले उक्त कुरा बताएका हुन्। यस अवसरमा तिनले बिजनबारी ग्रामीण अस्पताललाई बढोत्तरी गरेर सम्पूर्ण सुविधा उपलब्ध गराउनु पर्ने तिनले माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubaywin girişmatadorbet girişcasibomgrandpashabet giriş