पैह्रोको चपेटमा परेर तीनजनाको मृत्यु

दार्जिलिङ : दार्जिलिङ जिल्लाको रिम्बिक-लोधोमा समष्टि अन्तर्गत पर्ने अप्पर लिन्सेबुङस्थित तामाङ गाउँमा हिजो राति पैह्रोको चपेटमा परेर परिवारको तीनजना सदस्यहरूको मृत्यु भएको छ। मर्नेहरूमा 34 वर्षीय दावा तामाङ 29 वर्षीय सन्ध्या तामाङ र 5 वर्षीय नेहाल तामाङ सामेल छन्।


प्राप्त जानकारीअनुसार दावा तामाङको घर माथिल्लोपट्टि रहेको पानीको पाइप फुटेर जमिन धस्किनाले उक्त घटना भएको बताइएको छ। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर तीनजनाको शव उद्धार गरेर पोस्टमार्टमको लागि दार्जिलिङ अस्पताल लगेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *