पानीको संरक्षणबारे सचेतना र्‍याली

सिलगढी : पानीको संरक्षण अनि त्यसलाई खेरो नफालौँ भन्ने मूल मन्त्र लिएर उत्तर बङ्गाल विश्वविद्यालयको ऐन विभागको पहलमा बुधबार एउटा सचेतना र्‍यालीको आयोजना गरियो। उक्त र्‍याली शिवमन्दिरको ल कलेज-बाट शुरू गरेपछि यहाँको केही ठाउँहरूको परिक्रमा गर्‍यो। ऐन विभागका प्रमुख प्रोफेसर रथिन बन्दोपाध्यायले र्‍यालीको  उद्देश्यबारे बताउँदै भूमिगत जल स्तर कम्ती भएको कारण मुख्य रूपले पिउने पानीको सङ्कट देखा परेको बताए। यसैलाई लिएर साधारण मानिसहरूलाई सचेतना जगाउनु तिनीहरूको मूल उद्देश्य रहेको तिनले अझ बताए। यसको साथै तिनले पानीको संरक्षण गर्ने अति जरूरी रहेको जानकारी गराउँदै पानीलाई त्यसै खेरो नफ्याल्ने सबैसँग आहवान गरे।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.