पानीट्याङ्कीबाट एकजना बाङ्ग्लादेशी पक्राउ

खोरीबारी : एसएसबी 41औँ बटालियनको भातगाउँ बीओपीको बीआईटी कर्मीहरूले नेपालबाट अवैध रूपमा आइरहेको एकजना बाङ्ग्लादेशीलाई पक्राउ गरेको छ। पक्रा परेका बाङ्ग्लादेशीलाई गलगलिया थानालाई सुम्पिदिएको छ। एसएसबी 41औँ बटालियन सूत्रले दिएको जानकारीअनुसार भातगाउँ बीओपी चेकपोस्टमा चेकिङ अवधि नेपालबाट अवैध रूपमा आइरहेको एकजना बाङ्ग्लादेशी युवकलाई रोकेर छानबीन गर्दा तिनीसँग कुनै वैध कागजपत्र नभएको कारण पक्राउ गरेको हो। आवश्यक कार्वाहीपछि उक्त बाङ्ग्लादेशी मोहम्मद मुईनुद्दीनलाई गलगलिया थानालाई सुम्पिदिएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.