पानीट्याङ्कीमा प्रकाश सज्जाको माध्यमद्वारा देखाइने लङ्का दहन

खोरीबारी : खोरीबारी प्रखण्डको भारत-नेपाल अन्तर्राष्ट्रिय सीमा संलग्न पानीट्याङ्की दुर्गा पुजा व्यवसाय समितिको दुर्गापुजा पण्डालमा यस वर्ष पुजा घुम्न आउने श्रद्धालुहरूको धेरै भीड जम्मा भइरहेको देखियो। यहाँ प्रकाश सज्जाको माध्यमबाट थाइल्याण्ड टावर तथा रामायणको लङ्का दहन काण्ड देखाइने छ। उक्त समितिले यस वर्षको दुर्गा पुजा पण्डाल पीलीभीतको रोयल किङ्ग प्यालेसको ढाँचामा बनाइएको छ। महाषष्ठीको दिन शुक्रबार उक्त भव्य पुजा पण्डालको उद्घाटन गरियो।


समितिका सचिव शेखर सिंहले दुर्गा पुजा पण्डाललाई पीलीभीतको रोयल किङ्ग प्यालेसको स्वरूप दिएको साथै लाइटिङ डेकोरेशनको लागि चन्दन नगरबाट कलाकारहरू ल्याइएको बताए। यस अवसरमा रूरल डीएसपी अचिन्त्य गुप्त, खोरीबारी बीडीओ योगेश चन्द्र मण्डल, पञ्चायत समितिका अध्यक्ष बादल चन्द्र सरकार, पञ्चायत प्रधान भवतोश मण्डल, समितिका अध्यक्ष विकास सिंह, कार्यकारी अध्यक्ष सञ्जीव बर्मन, सचिव अभिजीत राय र शेखर सिंहलगायत अन्य व्यक्तिहरू उपस्थित थिए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.