पाट गोदाममा आगलागी, लाखौँको क्षति

इस्लामपुर : इस्लामपुर मिशनपाडास्थित एउटा पाटको गोदाममा आगलागीको घटना घटेको छ। प्राप्त जानकारीअनुसार बिहिबार अबेर राति इस्लामपुर नगरपालिकाको 2 नम्बर वार्डको मिशनपाडास्थित एउटा पाट गोदाममा स्थानीय मानिसहरूले आगो लागेको देखेपछि तत्कालै आगोलाई निभ्याउने प्रयास गर्नको साथै आगलागीबारे दमकल विभागलाई खबर दिए। खबर पाएर दमकलको इञ्जिन घटनास्थलमा पुगेर धेरै समयको प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्यायो। उक्त आगलागीमा लाखौँ रुपियाँको सम्पत्ति जलेर नष्ट भए तापनि कसैको ज्यानलाई कुनै क्षति नभएको बताइएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.