पेन्शनरहरूको समस्याबारे पेन्शन अदालतको आयोजना

रानीडाङ्गा : सशस्त्र सीमा बल (एसएसबी), फ्रन्टियर सिलगढीको तर्फबाट फ्रन्टियर ट्रेनिङ्ग एरिना रानीडाङ्गामा आगामी 23 अगस्तमा पेन्शन अदालतको आयोजना गरिने भएको छ। प्राप्त जानकारी अनुसार उक्त पेन्शन अदालतमा एसएसबीबाट अवकाश प्राप्त भएका अनि रहल रकम नपाउने पेन्शनरहरू सम्बन्धित समस्याहरूको समाधान गरिने भएको छ। यसको साथै पेन्शनरहरूले त्यस दिन आवश्यक दस्तावेजको रूपमा आफ्नो पेन्शन भुगतान आदेश (पीपीओ)-को दुइवटा प्रति अनि आफ्नो एकाउन्ट भएको ब्याङ्कबाट ब्याङ्क स्टेटमेन्ट ल्याउनु पर्ने बताइएको छ। पेन्शनरहरूको समस्या समाधानबारे एसएसबीका वरिष्ठ अधिकारिहरूसँग पेन्शन अदालतमा पे एण्ड अकाउन्ट्स अफिस, एसएसबी दिल्ली अनि जोनल पे एण्ड एकाउन्ट्स अफिस एसएसबी पटनाका वरिष्ठ अधिकारिहरू उपस्थित हुने भएका छन्। यस बाहेक उक्त दिन एसएसबी फ्रन्टियर मुख्यालयद्वारा पेन्शनरहरूको निम्ति स्वास्थ्य जाँच शिविरको पनि आयोजना गरिएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.