पिकअप भ्यान र ट्रक ठोक्किँदा दुईजना घाइते

अलीपुरद्वार : अलीपुरद्वार जिल्लाको मदारीहाट ब्लकस्थित शिशुबाडी ईलाकामा सड़क दुर्घटनामा दुईजना व्यक्तिहरू घाइते भएका छन्। प्राप्त जानकारी अनुसार बुधबार दिउँसो लगभग 11 बजी बीरपाड़ातर्फ गइरहेको एउटा पिकअप भ्यान एउटा ट्रकसँग सोझै ठोक्किँदा पिकअप भ्यान सड़क किनारको एउटा पोखरीमा झर्यो। उक्त दुर्घटनामा पिकअप र ट्रक दुवैको चालक गम्भीर रुपमा घाइते भएका छन्। स्थानीय मानिसहरूले दुवैजना घाइते चालकहरूलाई घटनास्थलबाट उद्दार गरेर उपचारको लागि बीरपाड़ा अस्पतालमा भर्ना गरेको बताइएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.