पीएनटी क्वाटरमा सडेको-गलेको अज्ञात मृतदेह उद्धार

सिलगढी मिलनपल्लीस्थित भत्किएको पुरानो पीएनटी क्वाटरमा मंगलबार अज्ञात व्यक्तिको सडेको-गलेको मृतदेह उद्धार भएपछि उक्त इलाकामा हो-हल्ला मच्चियो। उक्त क्वाटरको छतमा मंगलबार बिहान एकजना व्यक्ति कुनै कामले जाँदा तिनले त्यहाँ झुण्डिरहेको अवस्थामा मृतदेह देखेपछि स्थानीयलगायत सिलगढी थाना पुलिसलाई यसबारे खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंगाल मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।  


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.