पोखरीमा डुबेर दुईजना नाबालिकाको मृत्यु

रायगञ्ज : नुहाउन गएका दुईजना नाबालिकाको पोखरीमा डुबेर मृत्यु भएपछि इलाकामा शोकको लहर छाएको छ। उक्त घटना रायगञ्जको सोनार आमी इलाकामा गत सोमबार घटेको हो। पोखरीमा डुबेर मर्नेहरूमा 11 वर्षीय सङ्गीता बर्मन र 12 वर्षीय सोमा बर्मनको रूपमा चिन्हित भएको छ। प्राप्त जानकारीअनुसार गत सोमबार रायगञ्जको सोनाडाङ्गामा ती दुई नाबालिका पानी परिरहेको समय पोखरीमा नुहाउन गएका थिए। वर्षाको कारण पोखरीमा पानी अधिक गहिरोसम्म भएको हुनाले ती दुई नाबालिकाको पोखरीमा डुबेर मृत्यु भएको बताइएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.