पुलिसले उद्धार गऱ्यो चोरी भएको गहनाहरू

सिलगढी : पुलिसको प्रयासमा चोरी भएको गर-गहनाहरू उद्धार गरिएको छ। प्राप्त जानकारी अनुसार गत 9 अगस्तमा यहाँको फूलबारी 2 नम्बर ग्राम पञ्चायत अन्तर्गत ठाकुरनगर निवासी निताई सरकारको घरबाट नगद रूपियाँ लगायत चाँदीको गर-गहनाहरू चोरी भएको थियो। पीड़ित परिवारले चोरी भएको गर-गहनाहरू फेरि उद्धार हुन नसक्ने सोचेर घटनाबारे पुलिस थानामा अभियोग दर्ता गरेको थिएन। तर केही दिन अघि सेतो पोशाकमा एनजेपी पुलिसले 4 जना कुख्यात बदमाशहरूलाई पक्राउ गरेको थियो। तिनीहरूबाट पुलिसले चाँदीको गर-गहनाहरू पनि फेला पारे। यस बारेमा खबर पाउन साथ निताई सरकार अनि तिनकी पत्नी बुधबार एनजेपी थानामा पुगे अनि उद्धार गरिएको चाँदीको गर-गहनाहरू देख्न साथ त्यहाँ भएको आफ्नो गहनाहरूलाई चिन्हित गरे। यसपछि पुलिसले छानबिन गरेर तिनको गर-गहनाहरू फिर्ता गरिदिए। पुलिसको यस कार्यसँग निताई सरकारको परिवारका सदस्यहरू खुशी हुनको साथै पुलिस विभागप्रति कृतज्ञता प्रकट गरेको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.