पुलिसले रोक्यो विहिपको ऱ्याली

सिलगढ़ी: विश्व हिन्दु परिषदद्वारा निकालिएको ‍ऱ्यालीलाई बुधबार पुलिस प्रशासनले रोक लगायो। ऱ्यालीको लागि विहिपले पुलिस प्रशासनबाट कुनै प्रकारको अनुमति नलिएकोले गर्दा नै रोक लगाइएको पुलिसले दावी गरेको छ। आज विश्व हिन्दु परिषदको आयोजनामा यहाँको बाघाजतिन पार्कबाट एउटा प्रतिवाद ऱ्यालीको आयोजना गरिएको थियो। ऱ्याली शुरू हुनसाथ सिलगढ़ी पुलिसले ऱ्यालीमा सामेल भएकाहरूलाई पक्रेर हिरासतमा लिए। उक्त घटनाको प्रतिवाद गर्दै विश्व हिन्दु परिषदको तर्फबाट सिलगढ़ी थाना अघितिर विरोध प्रदर्शन गरे।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.