प्राथमिक विद्यालय परिदर्शकलाई ज्ञापन

सिलगढी : पश्चिमबङ्ग प्राथमिक शिक्षक समितिको सिलगढी शाखाले 6 सूत्रीय माग लिएर सिलगढी प्राथमिक विद्यालय संसदको चेयरपर्सन बालिका गोलेलाई एउटा ज्ञापन पत्र सुम्पियो। उक्त ज्ञापनमा विद्यालहरूमा प्रधानाध्यापकको नियुक्ति गरिनु पर्ने साथै सबै प्राथमिक स्कूलमा भएका अस्थायी शिक्षक-शिक्षिकाहरूलाई स्थायीकरण गरिनु पर्ने लगायत 6 वटा माग संगठनको तर्फबाट राखिएको छ। प्राथमिक विद्यालय परिदर्शक बालिका गोलेले उक्त मागहरूको बारेमा उच्च अधिकारीहरूलाई अवगत गराउने प्रतिनिधि टोलीका सदस्यहरूलाई आश्वासन दिएकी छन्।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.