बिजनबारी : कोरोना संक्रमणलाई रोकथाम गर्ने उद्देश्य लिएर राज्यमा जारी आंशिक लकडाउनले गर्दै धेरैजना मानिसहरू समस्यामा परेका छन्। यसैले लकडाउनले गर्दा आर्थिक परिस्थितिसित जुझिरहेका पुलबजारका लगभग दस विपन्न परिवारलाई आज पुलबजार वेलफेयर एण्ड कन्जर्भेशन सोसाइटीको तर्फबाट खाद्य सामग्री वितरण गरियो।