राज्यको विभिन्न जिल्लाहरूमा पुनः मतदान आज जारी

सिलगढी: पञ्चायत चुनाउ अवधि राज्यका विभिन्न जिल्लाहरूमा हत्या, हिंसा, तोडफोड, आगजनी तथा ब्यालेट पेपरहरू लुटपाट आदि जस्ता घटनाहरू घटेकोले गर्दा राज्यभरिको मोठ 697 वटा बुथहरूमा आज सोमबार पुनः मतदान सम्पन्न भइरहेको छ। आज पुनः पञ्चायत चुनाउको मतदान सम्पन्न भइरहेको जिल्लाहरूमा पुरूलियाको 4 वटा बुथ, नदियाको 89 वटा बुथ, मुर्शिदाबादको 175 वटा बुथ, पश्चिम मेदिनीपुरको 10 वटा बुथ, बीरभूमको 14 वटा बुथ, जलपाईगढीको 14 वटा बुथ, उत्तर 24 परगानाको 46 वटा बुथ, अलिपुरद्वारको 1 वटा बुथ, हावडाको 8 वटा बुथ, दक्षिण 24 परगानाको 36 वटा बुथ, पूर्व मेदिनीपुरको 31 वटा बुथ, कुचबिहारको 53 वटा बुथ, उत्तर दिनाजपुरको 42 वटा बुथ, दक्षिण दिनाजपुरको 18 वटा बुथ, मालदाको 110 वटा बुथ, पूर्व वर्द्धमानको 3 वटा बुथ, पश्चिम वर्द्धमानको 6 वटा बुथ, बाकुडाको 8 वटा बुथ र हुगलीको 29 वटा बुथमा केन्द्रीय सुरक्षा बलका जवानहरूको उपस्थितिमा कठोर सुरक्षा व्यवस्थाबीच आज बिहानैदेखि मतदान सम्पन्न भइरहेको छ।


 


स्मरण रहोस्, राज्यको 2 वटा जिल्ला क्रमैले दार्जिलिङ र कालेबुङ जिल्लाको सबै बुथहरूमा नै गत 8 जुलाईको दिन सम्पन्न भएको पञ्चायत चुनाउ अवधि कुनै प्रकारको हिंसा तथा तोडफोडको घटनाहरू नभएकोले यी दुई जिल्लाको कुनै पनि बुथमा पुनः मतदान नभएको चुनाउ आयोग सूत्रले जनाएको छ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubaywin girişmatadorbet girişcasibomgrandpashabet giriş