राज्यमा कानुन व्यवस्था स्वभाविक रहेको पुलिस महानिर्देशकको दावी

सिलगढी : राज्यमा कानुन व्यवस्थाको स्थिति स्वभाविक रहेको साथै राज्य प्रशासनले सही ढङ्गमा कानुन व्यवस्था अप्नाइरहेको राज्य पुलिसको डीजी वीरेन्द्रले बताएका छन्। दुई दिवसीय उत्तर बङ्गाल भ्रमणमा तिनी शुक्रबार सिलगढी आइपुगेका छन्। तिनले सिलगढीको एनएचपीसी कार्यालयमा शुक्रबार एउटा उच्च स्तरीय प्रशासनिक बैठक गरेपछि राज्य पुलिसको प्रशंसा गर्दै पश्चिम बङ्गाल पुलिसले निष्ठापूर्वक आफ्नो कार्य गरिरहेको बताए। तिनले हाल राज्यमा कानुन व्यवस्था स्वभाविक रहेको पत्रकारहरूसितको कुराकानीमा बताए। अर्कोतिर, सिलगढीको सन्दर्भमा यहाँ एक पछि अर्को चोरी, छिनताई, डकैती, ग्रेनेड भेट्टाइएको आदि जस्ता घटनाहरूको विषयमा तिनले यी सबै विषयलाई पुलिसले तत्परतासँग जाँच गरिरहेको अनि चाँड़ै सबै मामिलाको समाधान गरेर पुलिसले दोषीहरूलाई उचित सजाय दिनेछ भनी बताए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.