राज्यपाल सीभी आनन्द बोसलाई एनबीयु-मा कालो झन्डा देखाएर विरोध प्रदर्शन

सिलगढी (निसं): उत्तरबंग विश्व विद्यालयको प्रशासनिक बैठकमा अंश ग्रहण गर्न आएका राज्यपाल सीभी आनन्द बोसलाई आज बिहान दार्जिलिङ जिल्ला तृणमूल छात्र संगठनको तर्फबाट विश्वविद्यालय परिसरमा कालो झन्डा देखाएर विरोध प्रदर्शन गर्नको साथै तिनी विरुद्ध व्यापक नारीबाजी पनि गरे। विक्षोभ प्रदर्शनकारी छात्र परिसंघका अधिकजसो सदस्यहरूले प्ला कार्डहरू बोकेर राज्यपाललाई केन्द्र सरकारको दलाली गरेको आरोप लगाउँदै गो ब्याक’-को नारा पनि लगाए।


राज्य सरकारका अधिकारीहरूसित कुनै प्रकारको बैठक नगरी अवैध रूपमा राज्यपालले उत्तरबंग विश्व विद्यालयमा उपकुलपतिको नियुक्ति गरेको तृणमूल छात्र परिषदले आरोप लगाएको छ। यसको साथै धेरै सालदेखि उत्तरबंग विश्वविद्यालयमा कन्भोकेसन नगरेर शिक्षालाई राजनीतिकरण गरेको साथै आजको बैठक पनि अवैध रहेकोले गर्दा नै दार्जिलिङ जिल्ला तृणमूल छात्र परिसंघले यसको विरोध जनाएको बताएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubaywin girişmatadorbet girişcasibomgrandpashabet giriş