रंगनितमा गोरामुमो श्रमिक संगठनको गेट मिटिङ

दार्जिलिङ : दार्जिलिङ पहाड़-तराईको मोठ 87 वटा चियाबारीहरूमा कार्यरत् श्रमिकहरूलाई 20 प्रतिशतको दरले चिया बोनस दिनुपर्ने मागलाई लिएर डीटीए र श्रमिक संगठनहरूमाझ शुक्रबार बसेको दोस्रो पल्टको बैठक पनि असफल बनेपछि शनिबार रंगनित चियाबारीमा गोरामुमो श्रमिक संगठनद्वारा गेट मिटिङको आयोजना गरियो। आजको गेट मिटिङमा गोरामुमो श्रमिक संगठन कार्यकारिणी अध्यक्ष डीके गुरुङ, महसचिव एसके लामा, सचिव धिरज राई, लेबुङभ्याली सभापति राजु सुब्बा, रंगनित शाखा अध्यक्ष निमा तामाङ, सचिव दिपेन राई, नारी सङ्गठनका पम्फा लामा, अर्चाना मास्के आदि उपस्थित थिए।


पार्टी सूत्रले दिएको जानकारीअनुसार आज नै गोरामुमो श्रमिक संगठन रंगनित शाखा पनि गठन गरियो। उक्त समितिमा सभापति जनिता तामाङ र दिपकन्या राई, सचिव शारदा राई, कोषाध्यक्ष एली थापा चयन भएका छन् भने अन्य 21 जनाको कार्यकारिणी सदस्यहरु पनि छनौट गरिएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.