राष्ट्रिय राजमार्गमा निस्किएको हात्ती हेर्न मानिसहरूको भीड़

नागराकट्टा: डुवर्सको रेडबिङ्ग अनि देवपाड़ा चिया कमान माझमा पर्ने 31 राष्ट्रिय राजमार्गमा एउटा हात्ती निस्किदाँ उक्त हात्तीलाई हेर्न मानिसहरूको भीड़ जमेको देखियो। उक्त जंगली हात्ती मंगलबार साझँ रेड विङ्ग चिया कमानबाट डायना चिया कमानतर्फ  जाने प्रयास गरिरहेको थियो। घण्टौ समयसम्म उक्त हात्ती मुल सड़कको किनारमा रहेपछि  अन्तमा राष्ट्रीय राजमार्ग 31 भएर चलाचल गर्ने रेलको लिक पार गरेर डायना चिया कमानतर्फ लाग्यो। नजिकैको डायना जंगलबाट हात्ती निस्किएर राष्ट्रिय राजमार्ग पार नगरेसम्म उक्त हात्तीलाई हर्न मानिसहरूको घुइँचो लागेको थियो। स्मरण रहोस देव पाड़ा अनि ड्रिंक चिया कमानको यो मार्गलाई हात्तीहरूको कोरिडोर मानिन्छ। हात्तीहरूको उक्त कोरिडोर मानिने ठाँउको रेलवे क्रसिङमा केही महिना अघि मात्र ट्रेनको धक्का लागेर दुईवटा हात्ती मरेको थियो।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.