रेड लाइट एरियाबाट नाबालिका उद्धार

कुचबिहार : कुचबिहार जिल्लाको मेखलीगञ्ज पुलिसले चेङ्गड़ाबान्धाको रेड लाइट इलाकाबाट एउटी नाबालिकालाई उद्धार गरेको छ। उक्त नाबालिका असमको गोसाईगाउँ निवासी रहेको बताइएको छ। प्राप्त जानकारीअनुसार गत 4 सेप्टेम्बरको दिन उक्त नाबालिका असमबाट आफन्ताको घर गइरहेको समय बाटोमै तस्करको फकाइफुसलाईमा परेर रेड लाइट एरियामा लगेको बताइएको छ। पछि पुलिसले उक्त नाबालिकालाई सकुशल उद्धार गरे।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.