सिलगढी : सिलगढी निवासी मनोज बर्माले एनकेफेलाइटिस रोगले ग्रसित बालिकालाई विल चेयरलगायत खेलौनाहरू प्रदान गरेर आफ्नो छोराको जन्मदिन पालन गरे। प्राप्त जानकारीअनुसार एनकेफेलाइटिस रोगले पीड़ित 8 वर्षीय खुशी लामा उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा भर्ना भएकी छन्। उक्त बालिका स्वस्थ छन् तर व्हील चेयर नभएको कारण परिवारका सदस्यहरूले तिनलाई घर लैजान सकेका छैनन्। यसैले मनोज बर्माले उक्त बालिका सहयोग गर्ने उद्देश्यले व्हील चेयरलगायत केही खेलौना प्रदान गरे।