सडक दुर्घटनामा बाइक सवार घाइते

सिलगढी: एउटा तेल ट्याङ्कर वाहनसँग ठोक्किँनबाट बाँच्नको लागि साइड लिइरहेको समय अनियन्त्रित भएर लड़ेपछि बाइक चालक घाइते भएको छ। घाइते व्यक्ति कौशिक चक्रवर्तीको रूपमा चिन्हित भएको छ। यस घटना मंगलबार राति लगभग 9 बजितिर सिलगढीको नौकाघाट पुलमा घटेको हो। कौशिक चक्रवर्तीले बताए अनुसार पुलबाट गइरहेको समय अचानक एउटा तेलको ट्याङ्कर बाइक नजिक आएपछि साइड लिने हुँदा तिनको सन्तुलन बिग्रिएपछि तिनी सड़कमा लड़े। उक्त घटना पछि ट्याङ्कर चालकले चम्पट कस्ने प्रयास गरे तापनि एक अन्य बाईक चालकले त्यसको पिछा गरेर ट्याङ्करलाई रोके। घटनाको खबर पाएर मेडिकल थानाबाट पुलिस घटनास्थलमा पुगेपछि ट्याङ्करलाई आफ्नो नियन्त्रणमा लिइएको छ। पुलिसले उक्त घटनाको जाँच शुरू गरेको बताइएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.